छिमेकी मुलुक भारतका कारण यसरी दुःख पाउँदैछन् मधेसी जनताले, मधेसी नेता दूतावासको भोजमा मस्त !

वीरगन्ज, २८ जेठ । छिमेकी मुलुक भारतबाट आउने क्लिङ्करको धुलो उड्दा भन्सार क्षेत्र धुलाम्य हुनुका साथै वायु प्रदूषण बढ्नाले मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।

सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङ्कर बोकेको ट्रक त्रिपालले छोपिए तापनि त्यसको कण उड्ने गरेकाले वायु प्रदूषण बढ्नुका साथै त्यहाँका कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको पीडितको गुनासो रहेको छ ।

सीमावर्ती भारतको रक्सौलबाट प्रतिदिन ५० देखि ६० वटा ट्रक क्लिङ्कर बोकी वीरगन्ज बजारको बाटो भएर नेपाल भित्रिने गरेकाले त्यसको धुलो उड्दा नेपाल–भारतको सीमामा रहेको शङ्कराचार्य द्वार पनि धुलाम्य हुँदा त्यसको सौन्दर्य धुमिल हुँदै गएको छ भने त्यस क्षेत्रका बासिन्दामात्र नभएर रुख बिरुवा पनि क्लिङ्करको धुलोले सेतो देखिन थालेका छन् ।

यसरी आउने क्लिङ्करलाई भन्सार कार्यालयले व्यवस्थित रुपमा बस्तीभन्दा ठाढाको बाटोबाट ल्याउन अनुमति दिनुपर्ने भनाइ उद्योगपति तथा समाजसेवी प्रदीप केडियाको रहेको छ ।

पर्सा, बारामा रहेका १० वटा सिमेन्ट उद्योगका लागि दैनिक ६० वटा ट्रक क्लिङ्कर बोकेर भन्सारको बाटो गरी नेपाल भित्रिने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

अव्यवस्थित रुपमा ल्याउने क्लिङ्करको धुलोले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेपछि भारतको रक्सौलमा र नेपालको भन्सार क्षेत्र, बाइपास क्षेत्रमा धुलो उड्ने भएकाले यसलाई व्यवस्थित गर्न आफूले नेपाल र भारतका सरकारसँग अनुरोध गरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश शर्माको भनाइ रहेको छ ।

क्लिङ्करको धुलो उडेर आँखा, नाक, कान, मुखमा पस्ने गरेका कारण त्यस भेगका मानिस विभिन्न रोगको सिकार हुने गरेकाले यसप्रति नेपाल सरकार गम्भीर हुनुपर्ने माग वीरगन्जवासीको रहेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।