पँधेरामा सासु बुहारीको झडप, प्रहरीलाई यस्तो सास्ती

अर्घाखाँची। पँधेरामा भएको झगडा प्रहरीसमक्ष पुगेको छ। पँधेराको झगडा, त्यो पनि सासु र बुहारी को। झगडा पनि चानचुन हैन, अस्पताल नै भर्ना हुनु पर्ने तहको कुटाकुट।

गत शनिबार बिहान करिव ८ बजेको समयमा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ८ पकलेमा पानी भर्ने विषयमा सासु र बुहारीबीच झगडा भएको हो। वर्ष ५५ की ज्ञानी नेपाली र उनकी बुहारी वर्ष २८ की कमला नेपालीबीच धारामा पानी भर्ने विषयलाई लिएर विवाद भएको हो।

विवाद उत्कर्षमा पुगेपछि झगडाले हिंसात्मक रूप लियो। युवा अवस्थाकी बुहारी सासुमाथि भारी परिन्। सासु ज्ञानी नेपाली गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीमा खबर गरे। उनलाई उपचारको लागि तत्कालै जिल्ला अस्पताल सन्धिखर्क लगियो।

प्रहरी टोलिले जिल्ला अस्पताल पुर्याएको थियो, त्यहाँ उपचार सम्भव नहुने भनेपछि थप उपचारको लागि घाइते सासुलाई लुम्बिनी अंचल अस्पताल रूपन्देही लगिएको प्रहरीले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।