२१ बर्षीय युवतीको सामूहिक बलात्कार, आरोपीलाई छुटाउन प्रहरी माथि नै ढुङ्गामुढा प्रहार

महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बालात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द गरेर घर फर्किने क्रममा बाटो डुगेर बसेका युवाको समूहले युवतीलाई सामूहिक बालात्कार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेकटर शम्भु पोखरेलले बताउनुभयो ।

‘युवतीको राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,’ इन्स्पेक्टर पोखरेलले भन्नुभयो,‘सामूहिक बालात्कार भएको देखिन्छ । मेडिकल चेकजाँच गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएका हौं ।’

बालात्कार गरेको आरोपमा गाउँलेले एक जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेकालाई छुटाउन बोलवाला औरही प्रहरी चौकीमा राती साढे ११ बजे पुगेको प्रहरीले जनाएको छ । छुटाउनको लागि ढुंगामुढा गरेपछि अवस्था अनियन्त्रित भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको इन्स्पेक्टर पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ पक्राउ परेकालाई छुटाउन ढुङ्गामुढा गरियो । त्यसपछि पाँच राउण्ड थ्रिनट थ्रि को गोली हवाई फायर गर्नु पर्‍यो । हाम्रो चार जना प्रहरी घाइते भएका छन् ।’ औरहीका स्थानीय रवीन्द्र चौधरीका अनुसार सामूहिक बालात्कारका दोषिलाई कारवाहीको माग गर्दै औरही बजारका व्यपारीले बिहानै देखी बजार बन्द गरेका छन् । – अन्नपूर्णपोस्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।