नेपालमा फेरि भूकम्पको धक्का
काठमाडौं, २९ जेठ । नेपालमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दोलखालाई केन्द्र बनाई सोमबार साँझ ५ बजेर ३९ मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको धक्का दोलखा र आसपास जिल्लामा पनि महसुस गरिएको थियो भने केहीबेर मानिसहरु घरबाहिर निस्केका थिए ।
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि स साना पराकम्पन जाने गरेका छन् ।



