प्रहरी हिरासतबाटै खोसेर बलात्कारीलाई मार्न गएका स्थानीयमाथि हवाइ फायर

बलात्कारीलाई प्रहरी हिरासतबाटै खोसेर मार्न खोजेका स्थानीयमाथि महोत्तरीमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । महोत्तरीको औरही गाउँपालिका २ फूलबरीयामा आइतवार साँझ २१ वर्षकी युवती वलात्कृत भएपछि बलात्कारको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको थियाे ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक शम्भू पोखरेलका अनुसार आइतवार साँझ एक जनालाई प्रहरीले पक्राउ गरेपछि स्थानीय र पीडितका आफन्तहरु प्रहरी कार्यालय घेर्न पुगेका थिए ।

प्रहरी नियन्त्रणमा रहेका ती युवालाई त्यहाँबाट थुतेर स्थानीयले मार्ने कोशिश गरेका थिए । प्रहरीले युवालाई त्यहाँबाट थुत्न नदिएपछि स्थानीयले ढुंगामुडा गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको थियो । स्थानीयले ढुंगामुडा गरेर तीन जना प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले फायर खोलेको थियो ।

बलात्कृत ती युवतीको उपचार भइरहेको छ । अहिले सम्म उनको होस खुलेको छैन । स्थानीयले सोमबार विहानैदेखि सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।