श्रीमान् र श्रीमती नै वेश्यावृत्ति धन्दामा, ग्राहकसँगै पक्राउ परे

काठमाडौं, ३१ जेठ । वेश्यावृत्ति गराएको आरोपमा एक जोडीसहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा कोठा भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाएको आरोपमा सपना विक र उनका श्रीमान् विवेक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले गोंगबुको शुभलक्ष्मी गेस्ट हाउसका कोठा भाडामा लिएर युवतीहरूलाई राखी वेश्यावृत्ति गराउँदै आएको प्रहरीले जनाएको छ । गेस्ट हाउसका सञ्चालक प्रमोद पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साथै उक्त अखडामा जाने ग्राहक झापाका मोदबहादुर कार्कीलाई पनि महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

दुई साताअघि पक्राउ गरी उनीहरूविरुद्ध मानव वेचविखन मुद्दामा कारबाही अघि बढाइएको महाराजगन्ज वृत्तका डिएसपी गोबिन्द पुरीले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनीहरूले गोरखाका तीन किशोरीलाई जागिर लगाइदिने भन्दै उक्त गेस्ट हाउसमा राखेर जबर्जस्ती वेश्यावृत्तिमा लगाएका थिए । २० वैशाखदेखि २ जेठसम्म आफूहरूलाई वेश्यावृत्तिमा लगाइएको उनीहरूले बताएका छन् । १० जेठमा उजुरी परेपछि प्रहरीले गेस्ट हाउसमा छापा मारी चारजनालाई पक्राउ गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।