राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिए राजपा नेपालका कार्यकर्ता

राजविराज, जेठ ३१ । आफ्ना माग पुरा नभएको भन्दै निर्वाचनमा सहभागी नहुने घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरु विभिन्न जिल्लामा निर्वाचन विथोल्ने गतिविधिमा उत्रिएका छन् ।

यसै क्रममा बुधबार सप्तरीको राजविराजमा उनीहरुले निर्वाचन प्रशिक्षणसम्बन्धी तालिम विथोलेका छन् । सहायक मतदान अधिकृतका लागि निर्वाचन आयोगले स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजना गरेको तालिम राजपा नेपालका कार्यकर्ताहरुले विथोलेका हुन् ।

उनीहरु तालिम सुरु हुनु अघि नै उक्त क्याम्पसको गेटमा धर्ना दिन पुगेका थिए । ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भए पनि प्रहरीले गेट खुलाउन सकेन ।

धर्नामा बसेका राजपा नेपालका कार्यकर्ताहरुले राष्ट्रिय झण्डा समेत बोकेका थिए । पार्टीको झण्डासँगै राष्ट्रिय झण्डासमेत बोकेर सडकमा उत्रिएका राजपा नेपालका कार्यकर्ताहरुले आफ्ना माग पुरा नभई निर्वाचन हुन नदिने भन्दै नारावाजीसमेत गरेका थिए ।

अन्ततः आयोगले उक्त तालिम नै स्थगित गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।