श्रीमतीको रहस्यमय मृत्यु, थुनामा रहेका श्रीमानद्वारा प्रहरीको निगरानीमा दाहसंस्कार

पर्वत, १ असार । जबरजस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मिठु दर्जीको रहस्यमय ज्यान गएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आउनुभएकी दर्जी मृत अवस्थामा भेटिएकी हुन् ।

बुधबार बेलुका खाना खाएर सुत्नुभएकी दर्जी बिहीबार बिहान ८ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन् । दर्जीको ज्यान गएको खबर पाएपछि घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछाने नेतृत्वको टोलीले मृतक दर्जीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनीमा पठाएको छ ।

मृतक दर्जीका श्रीमान झारफुक गर्ने बहानामा बालिकामाथि दुव्र्यबहार गरेको आरोपमा गत वैशाख १४ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । आरोपित दमैले मृतक श्रीमती दर्जीको दाहसंस्कारमा जान पाउँ भन्ने आशयको निवेदन पेश गरेपछि पर्वत जिल्ला कारागारले प्रहरीको रोहबरमा उनलाई त्यहाँ पठाएको जिल्ला कारागारका जेलर प्रकाश पौडेलले जानकारी दिनुभयो ।

घटना के कारणले घटेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।