यी हुन रुपन्देहीका आर्दश जस्ले ल्याए सबै विषयमा ‘ए–प्लस’

बुटवल, रुपन्देहीका आर्दश पाण्डेले एसईईको परीक्षाको सबै विषयमा ए–प्लस ल्याएका छन् । रुपन्देही सैनामैना नगरपालिकास्थित रामापुर रिभाइवल स्कुलका यी विद्यार्थीले आफूले सबैभन्दा बढी अंक ल्याएको दाबी गरेका छन् ।

प्लस टुमा विज्ञान विषयमा बायोलोजी लिएर पढ्ने योजना बनाएका उनी भविष्यमा कार्डियोलोजिस्ट बन्न चाहेको एजुकेशन न्यूजलाई बताए । एसईईको परीक्षापछि खाली समयमा बुटवलस्थित ह्वाइट हाउस ब्रिजकोर्समा विज्ञान विषयको ब्रिजकोर्स अध्ययन गरेका थिए ।

गत वर्ष सबै विषयमा जीपीए ए–प्लस ल्याउने समीक्षा सुवेदीलाई देखेरै आफूले पनि सक्छु भन्ने लागेको उनले बताए । “हाम्रो नजिकैको स्कुलबाट समीक्षा दिदीले ल्याएको सफलताले मलाई पनि हौसला मिल्यो” उनले भने ।

उनी कक्षा ४ देखि नै फस्ट हुन्थे । आफू कक्षा १० मा पुगिसकेपछि बुबाआमासँगै स्कुलका प्रिन्सिपल सरले पनि निकै सहयोग गरेको बताए । आफ्नो सफलताको श्रेय उनले विद्यालयको गुणस्तरीय शिक्षालाई दिए ।

पाण्ड्येका बुबा पाल्पास्थित कृष्णगण्डकी स्कुलमा अंग्रेजी विषय पढाउँछन भने आमा रिभाइवल स्कुलमै कक्षा ८ सम्म नेपाली विषय अध्यापन गराउछिन् ।

२०५७ साल माघ १८ गते जन्मिएका पाण्ड्येको एसईई सिम्बोल नम्बर ०४८९९५३ आई हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।