तिनजुरे मिडिया ग्रुपले गर्यो मिर्गौला पिडितलाई सहयोग
तीनजुरे मिडीया ग्रुप प्रवास नेपालको मासिक एक पिडीत सहयोग अन्तर्गत धनकुटा छथर जोरपाटी गाउपालिका ५ परेवादिन निबाशी मृगौला पिडीत सम्झनाकुमारी लिम्बूलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
ग्रपमा आवद्ध प्रवास नेपालमा रहेका सदस्यवाट संकलित ३३ हजार ६ सय रुपैया शनिवार रेडियो तिनजुरे १०३ थोप्लो ८ मेगाहर्जको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पिडीतका आफन्तलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम पिडीतका दाजु सन्तोष लिम्वुलाई ग्रुपका सदस्य आरती लिम्बु र प्रदिप चम्लागाईले संयुक्त हस्तान्तरण गर्नुभएको ग्रुपका प्रथम उपाध्यक्ष मनोज भुजेलले बताउनुभयो आगामी दिनमा पनि दुखि पिडितहरुको सेवामा सदैब समर्पित रहने कुरा महा सचिब तोया रोशन ढकाल उपाध्यक्ष झमक कार्की कुमार तामांगले जानकारी दिनु भयो !!
सहयोगी महानु भावहरु:
अध्यक्ष देव बास्कोटा रु ५,०००/ तेह्रथुम ओयाक्जुङ हाल इजरायल, प्रथम उपाध्यक्ष मनोज भुजेल रु ५,००० तेह्रथुम फुलेक हाल दुबई, महा सचिब तोया रोशन ढकाल रु५०००/ तेह्रथुम हाल मलेसिया, लोकेन लिम्बु थोक्लेंन्र ५,०००/ धनकुटा हाल मलेसिया, मिन कुमार लावती रु२०००/ प्रबास, चेतनाथ सापकोटा रु २,०००/तेह्रथुम हाल दुबई, गुन्जन लिम्बु रु १,००० पाँचथर हाल मलेसिया, जेरि अहमद रु १,५०० इन्डिया केरेला हाल दुबई, रितु पुरि रु १,००० तेह्रथुम ओयाक्जुङ हाल दुबई, छुच्ची आरती लिम्बु रु १,०००तेह्रथुम, सन्जय इङनाम रु २,००० तेह्रथुम ह्वाकु हाल दुबई, विल्सन लावती रु२,००० पाचथर हाल मलेसिया, चन्द्र कन्दङ्वा रु १,१०० तेह्रथुम हाल दुबई
जम्मा ३३,६००/ तेतीस हजार छ सय नेपाली
सामाजिक कार्यमा सदैव समर्पित भन्ने मुल नाराका साथ स्थापित तीनजुरे मिडीया ग्रुपले सम्पर्कमा आएका पिडीतको अवस्था हेरी सहयोग गर्दै आएको अध्यक्ष देव वास्कोटाले जानकारी दिनुभयो । पिडीत लिम्बुको हाल काठमान्डौ महाराजगन्ज स्थित टिचिङ्ग हस्पीटलमा उपचार भइरहेको दाजु सन्तोष लिम्बुले बताउनुभयो ।


