राजपाका पाँच शीर्ष नेता दुई दिनदेखि प्रहरीको ‘घेराबन्दी’मा, बाहिर निस्किनै दिएन

काठमाडौ । स्थानीय तहको चुनावका लागि हुने उम्मेदवारको मनोनय रोक्न आन्दोलन गर्न पाँच नम्बर प्रदेश पुगेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु प्रहरीको नजरबन्दमा परेका छन् ।

आन्दोलनमा उत्रेका राजपा नेपालका नेताहरुलाई समातेर थुन्ने रणनीति बनाएका नेपाल प्रहरीले हिजो राजपा नेपालका चारैजना नेतालाई समात्ने योजना बनाएका थिए । उनीहरुलाई प्रहरीले समात्न त नसके तर चारैजना नेतालाई प्रहरीले नजरबन्दमा राखेका छन् ।

नवलपरासीमा भएको झडपकै क्रममा उनीहरुलाई समात्ने योजना थियो तर झडपमा प्रहरीले गोली चलाउन थालेपछि राजपा नेपालका कार्यकर्ताहरुले महन्थ ठाकुरलाई सुरक्षित स्थानमा पुर्याएका थिए भने अलिन झा, राजकिशोर यादव र राजेन्द्र महतो बीचमै भैरहवाका लागि हिँडिसकेका थिए । झडप भइरहँदा उनीहरु भैरहवामा थिए ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भाषण दिइरहेका बेला झडप शुरु भएको थियो । झडप शुरु हुने वित्तिकै महन्थ ठाकुरले आफ्नो भाषण रोकेका थिए ।

भैरहवाको कार्यक्रम सकेपछि पाँच जना नेता साँझ साढे सात–आठ बजेतिर पवन होटलमा पुगेका थिए ।

हिजो साँझ होटल पसेका राजपा नेपालका महासचिव जितेन्द्र सोनलसहितका पाँच जना नेताालाई हालसम्म प्रहरीले निस्कन दिएका छैन । नेताको सुरक्षा भनेर प्रहरीहरु त्यहाँ तैनाथ छन् । नेताहरु निस्कन खोज्दा निस्कन दिइरहेको छैन ।

राजपा नेपालका एक नेताले भने, ‘नेताहरु कुनै समान चाहियो वा केही कारण देखाउँदै निस्कन खोज्दा प्रहरीले के काम छ हामी गर्दिन्छौं, के समान ल्याउनु छ हामी ल्याई दिन्छौ भन्दै उनीहरुलाई बाहिर निस्किन दिएको छैन ।’

होटल पसेको झण्डै २४ घण्टा हुन लागेको छ । पाँचजना नेता त्यही भित्रै छन् ।

नेताहरुलाई हामीले सम्पर्क गर्ने प्रयास गर्यौं । दुईजना नेताको फोन लाग्यो तर उठाएनन् । त्यसपछि महासचिव जितेन्द्र सोनलसँग सम्पर्क भयो । उनलाई हामीले नजरबन्दमा राखिएको बारेमा सोध्दा भने उनले यसलाई नजरबन्द भन्ने कि के भन्ने बन्द कार्यक्रम भएका कारणले आफूहरु होटलबाट ननिस्केको प्रतिकृया दिए ।

‘बाहिर खासै कुनै कार्यक्रम छैन । त्यही भएर निस्केका छैनौ । ठाउँ ठाउँमा नेता तथा कार्यकर्ताहरु नारा जुलुस लगाइरहेका छन् । झडपहरु पनि भएको सुनिएको छ । शान्तिपूर्ण रुमपा बन्द सफल भएको छ,’ उनले भने ।

भैरहवा, नवलपरासी र कपिलवस्तुको अवस्था हिजै तनावपूर्ण अवस्था थियो । आज बन्दकै अवस्थामा अन्य दलका नेताहरु उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

पाँच नम्बर प्रदेशका लागि राजपा नेपालले जुन प्रकारको आन्दोलनको तयारी गरेको थियो त्यस्तो कही देखिएन ।

आन्दोलनकारी बाहिर निस्किने वित्तिकै प्रहरीले उनीहरुलाई समाति हाल्थ्यो ।

झापादेखि बर्दिया, कञ्चनपुरसम्म हजारौँ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए । प्रहरीले आन्दोलनकारीमाथि दमन गरेर उम्मेदवारी मनोनय गराएको बताउँदै उनले कतिपय उम्मेदवारले हिजै नै निर्वाचन आयोगलाई मनोनयपत्र बुझाई सकेको दाबी गरे । ‘छलकपट, बल प्रयोग गरेर गराएको चुनावले मान्यता पाउने छैन,’ उनले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।