छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

काठमाडौँ, ५ असार । नेकपा (माओवादी केन्द्र)ले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्नु भई भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी हत्या गरिएकामा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभएको छ ।

माओवादीले वडाध्यक्षका उम्मेदवार भोटेको हत्या नेकपा (एमाले)का कार्यकर्ताले गरेको आरोप लगाएको छ ।

प्रवक्ता भुसालले घटनाको भत्र्सना गर्दै हत्याराको अविलम्ब खोजी गरी कडा कारबाहीका लागि सरकारसँग माग गर्नुभएको छ । प्रवक्ता भुसालले निर्वाचनको प्रक्रियामा उम्मेदवार तथा मतदाताको पूर्ण सुरक्षाको वातावरण सुनिश्चित गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।