प्याराग्लाइडिङ सिक्ने क्रममा फेवातालमा डुबेर एक जनाको ज्यान गयो
पोखरा, ०५ असार । प्याराग्लाइडिङ दुर्घटना हुदा आज पोखरामा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्कीको सराङकोटबाट उडान गरेर फेवातालको किनारमा आउँदै गर्दा प्याराग्लाइडिङमा जेलिएर उनी तालमा खसेका थिए । प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुन उनले सोलो पाइलटका रुपमा उडान गरेका थिए ।
तत्कार उद्धार गरी उपचारार्थ मेट्रोसिटी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।


