आगलागीबाट सात घर जलेर नष्ट

मुगु, ५ असार । सोरु गाउँपालिका–८ गिलाह गाउँमा आज आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट स्थानीय दानबहादुर शाही, जयबहादुर शाही, कालीबहादुर बम, नाना रावल, रङ्गेश्वर रोका, नैनसिंह रावल र सुकवीर रावलको घर जलेर नष्ट भएको पीडित दानबहादुरका छोरा गणेशबहादुरले बताउनुभयो ।

आगलागीबाट कालीबहादुरको एउटा गाई जलेर मरेको छ भने जयबहादुरको घरमा पसल गर्ने निमबहादुर बमको पसल जलेर नष्ट भएको छ ।

वडा नं ८ का नवनिर्वाचित वडाध्यक्ष जनक रावलको घरबाट आगलागी सुरु भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।