सामुहिक बलात्कार घट्नाको दोषीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग
धनकुटा खबर । गत जेठ २८ गते महोत्तरीमा व्यूटिपार्लर व्यवसाय सञ्चालन गर्दै आउनुभएकी एक महिला व्यवसायी माथि भएको सामुहिक वलात्कारको घट्नाको दोषीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न सौन्दर्य कला व्यवसायी संघ धनकुटाले जोडदार माग गरेको छ ।
संघले आज जिल्ला प्रशासन कार्यलय धनकुटामा ज्ञापन पत्र वुझाउदै दोषीलाई कारवाहीको माग गरेको हो । संघका जिल्ला अध्यक्ष कृष्ण आचार्य न्यौपाने र सचिव किरण श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेखित घट्नाले संविधानमा उल्लेख महिलाहरुको हक अधिकार, हित र संरक्षण भन्ने शव्द कै धज्जी उडाएको र मानव अधिकार जस्तो गरीमामय शव्दको उपहास गरेको उल्लेख छ ।
संघले अपराधीलाई चाँडो भन्दा चाँडो कानुनको दायरामा ल्याउन माग गर्दै महिला माथि हुने यस्तो हिंसाको अन्त्य होस् भनि कामना पनि गरेको छ ।
महोत्तरीको औरही गाउँपालिका वडा नं २ की २१ वर्षीय व्यूटिपार्लर व्यवसायी आशा श्रेष्ठको गत जेठ २८ गते घर फर्कने क्रममा अज्ञात समुहले सामुहिक वलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।


