अस्थायी शिक्षकलाई वार्तामा आउन आह्वान

काठमाडौँ, ६ असार । अस्थायी शिक्षकका रूपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै अनशनरत अस्थायी शिक्षक सङ्घर्ष समितिलाई शिक्षा मन्त्रालयले सार्थक वार्ताका लागि आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले आज बेलुकी अनशनरत स्थल पुगी वार्ताका लागि आह्वान गर्नुभएको समिति सचिवालय सदस्य विष्णुप्रसाद पनेरुले जानकारी दिनुभयो ।

समितिले माग पूरा गर्ने गरी भरपर्दाे वार्ताको सुनिश्चितता नभएसम्म वार्तामा बस्न नसकिने अडान राख्दै आएको छ ।

विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग समितिले गरेको छ । माग पूरा गराउन राजधानीको भद्रकालीमा पाँच शिक्षक यही असार २ गतेदेखि आमरण अनशन बस्नुभएको छ ।

अनशनमा रहेका शिक्षकमा किसुन यादव, जितबहादुर गुरुङ, कलावती जोशी, सुलेखादेवी कायस्थ र कलु केसी हुनुहुन्छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।