सम्पर्क गर्ने क्रममा चारजना पुरुषको लिङ्ग भाँचिएको खुलासा, शल्यक्रिया सफल

धरानमा यौन सम्पर्क गर्ने क्रममा चारजना पुरुषको लिङ्ग भाँचिएको खुलेको छ । लिङ्ग भाँच्चिएका चारैजना पुरुषहरुको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

लिङ्ग भाँच्चिएका तीन पुरुषहरुको विजयपुर अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर रोशन खतिवडाले शल्यक्रिया गरेका थिए । हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक समयमा असप्ताल भर्ना भएपछि शल्यक्रिया गरिएको डाक्टर खतिवडाले बताएका छन् ।

लिङ्ग भाँच्चिएका चारैजना विरामी उपचारपछि घर फर्किएको अस्पतालका प्रशासकीय अधिकृत इन्दु नेपाल योञ्जनले बताएका छन् । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने पुरुषमध्ये तीनजना विवाहित र एकजना अविवाहित रहेको पनि डाक्टर खतिवडाले बताए । लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुमा २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको बताइएको छ ।

गोपनीयताका कारण शल्यक्रिया गरिएका विरामीहरुको नाम नखुलाइएको विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले बताए ।

लिङ्गको भित्री भागमा रहने मांशपेसी भाँच्चिएर रगत जमेका कारण चारैजनाको शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने समस्या अत्यन्तै कम हुने भएपनि हप्तामा चारजनामा देखिएको यो समस्या धरानमा भने पहिलो भएको अस्पतालका प्रशासकीय अधिकृत योन्जनको दाबी छ ।डाक्टर खतिवडाले यस अघि काठमाडौंको शिक्षण्ण अस्पतालमा लिङ्ग भाँच्चिएका सातजना विरामीहरुको शल्यक्रिया गरिएको जानकारी दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।