जघन्य अपराधको आरोपितलाई दण्डको सट्टा पुरस्कृत गरेको भन्दै प्रबुद्ध समूह सडकमा
काठमाण्डौ, ७ असार । जघन्य अपराध को आरोपितलाई दण्ड गर्नुको सट्टा पुरस्कृत गरेको, क्षेत्र नं २ को चुनाव सारी बिना करण नागरिक लाई दु:ख दिएको भन्दै भन्दै प्रबुद्ध बर्ग सडकमा आएका छन् ।
प्रबुद्ध समूह नेपालले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्यो । कार्यक्रममा युवराज संग्रौला, द्धारीकानाथ ढुङ्गेल, काँशीराम पौडेल, पुण्य गौतम, भरत दाहाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जघन्य अपराध को आरोपितलाई दण्ड गर्नुको सट्टा पुरस्क्रित गरेको, डोटीमा भारतीय प्रहरीद्वारा नेपालीहरू माथि ज्यादती गरेको भन्दै सबै घटना को भर्त्सना गर्दछौं भनी विभिन्न प्रबुद्ध ब्यक्तिहरुले आ-आफ्नो धारणा राखेका थिए ।
सयौँको संख्या ब्यानर सहित स्वतः स्फूर्त उपस्थित भएका युवाहरू माझ प्रबुद्ध बर्गले भने डोटीमा भारतीय पुलिसहरूको अनधिकृत प्रवेशमा पनि राज्य नबोल्नु जनताले राज्य छ कि छैन भनि खोज्नु पर्ने अवस्था आएको भन्दै यस्ता निकम्मा राज्यको विरुद्ध सडकमा आउनु परेको बताए ।


