मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको २ किलो सुनसहित दुई युवक पक्राउ

रसुवा, ७ असार । मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले आज दिनुभएको जानकारी अनुसार सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे–४ बाट रसुवाको उत्तरगया गाउँपालिकामा बसाइँ सरी आएका वर्ष ३० का कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका रहेका छन् ।

रोकालाई गएराति रसुवा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो । बा ७६ प ७८१० नं को मोटरसाइकलमा चीनबाट सुन ल्याउँदै छ भन्ने सुराकीको आधारमा उक्त मोटरसाइकलका तलासी लिइँदा पेट्रोल ट्याङ्कीमा फल्स बटम बनाई कपडाले बेरेर राखिएको दुई किलो सुन फेला परेको हो ।

सो सुनको बजार मूल्य रु ९३ लाख दुई हजार बराबरको भएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा पेस गरी थप अनुसन्धान थालिएको छ । यस्तै नेपाल प्रहरीले २०७३ वैशाख यता पटक पटक गरी करिब २० किलो सुन बरामद गरी तस्करहरुमाथि मुद्दा दायर गरिसकेको प्रहरी प्रमुख प्रसाईंले जानकारी दिनुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖