तीन बर्षदेखि पत्रकार कोइरालाले बालिकालाई बलात्कार गरेको पुष्टि, जेल जाने निश्चित !

काठमाडौं, १० कक्षामा पढ्ने १५ बर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ परेका पत्रकार केदार कोइरालाले बालिकालाई तीन बर्षदेखि लगातर बलात्कार गरिरहेको पुष्टि भएको छ । आफ्नै घरमा काम गर्ने बालिकालाई उनले तीन बर्षदेखि लगातार बलात्कार गरिरहेको पुष्टि भएको हो । अर्थसरोकारमा खबर छ- बलात्कार गरेको अरोपमा पत्रकार कोइराला पक्राउ परिसकेका छन् ।

बयानका क्रममा पत्रकार कोइरालाले सुरुमा जर्बजस्ती गरेको र पछि त्रासमा राखेर लगातार गर्ने गरेको बयान बालिकाले प्रहरीलाई दिएकी थिइन् । उनले बलात्कार गरेको पुष्टी भएपछि अव उनी जेल जाने निश्चित भएको छ।‘कोइरालाले बलात्कार गरेको सबै अनुसन्धानबाट पुष्टि भएको छ’ एक प्रहरीका अधिकारीले भने, ‘अब कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढ्छ । अदालतको आदेशसँगै उनी जेल जाने निश्चित छ ।’

बलात्कारबाट बालिका गर्भवति भएपछि त्यसको तीन महिनापछि मात्रै घटना बाहिर आएको हो । प्रहरीको अनुसन्धानबाट पुष्टि भएकाले अब कारवाहीको प्रक्रिया अगाडी बढ्ने स्रोतले बताएको छ । पीडित बालिकाले आफ्ना नातेदार र सिविन नामक संस्थामार्फत महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दरखास्त दिएपछि कोइरालालाई पक्राउ गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।