प्रचण्डलाई बाँकेमा २५ किलोको मालाले स्वागत गरियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बाँकेमा २५ किलोको माला स्वागत गरिएको छ ।

बाँकेका ब्यापारीहरुले प्रचण्डलाई २५ किलोको माला लगाएर स्वागत गरेका हुन् । पार्टीका चुनावी कार्यक्रममा सहभागी हुने क्रममा बाँकेको नेपालगञ्ज पुगेका प्रचण्डलाई नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले २५ किलोको माला पहिर्‍याएर स्वागत गरेका थिए ।

नेपालगन्जमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा सहभागी भएका बैश्य लगायतका ब्यवसायीहरुले सोही कार्यक्रममा प्रचण्डलाई स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष बैश्यले माओवादी केन्द्रका मेयरका उम्मेदवार दामोदर आचार्यको प्यानललाई मत मागेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले बुधबार बाँकेको खजुरा, कोहलपुर र बैजनाथका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । – आरपी सुबेदी/ अनलाइनखबर बाट लिइएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।