वीस बर्षीया ब्युटिसियन युवतीलाई अपहरण गरेर पालैपालो बलात्कार गर्ने चार जना सार्वजनिक

बर्दिबास, ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले चार जना युवालाई १२ दिनपछि बिहीबार सार्वजनीक गरेको छ।

महोत्तरीको औरही बजारमा संचालन गरेको ब्यूटी पार्लर बन्द गरेर बजारबाट साइकलमा घर फर्किदै गरेकी २० बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी नजिकैको जोतेको खेतमा सामूहिक बलात्कार गरेको आरोपमा औरहीका चार युवालाई प्रहरीले सार्वजनिक गरेको हो।

सामूहिक बलात्कारको आरोपमा औरही गाउँपालिका-२ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई सार्वजनिक गरेको प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले जानकारी दिनुभयो।

घटना लगतै बलत्कारको आरोपमा पक्राउ परेका औरही गाउँपालिका-२ का २६ वर्षीय सुनिल साहको बयानको आधारमा प्रहरीले अन्य तीन जनालाई पक्राउ गरी सुनिलसहित चारै जनालाई सार्वजनिक गरेको हो। पीडित पक्षको जाहेरीका अधारमा प्रहरीले एक साताअघि नै सुनिल साहमाथि जवर्जस्तीकरणीको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइ सकिएको छ।

साविकको औरही गाविसको ६ स्थित बर्दिबास-औरही-जलेश्वर खडक खण्डको औरहीको तीन पोखरी भन्ने स्थानबाट १ किलोमिटर पश्चिम फुलबरीया गाउँतर्फ जाने बाटोमा पक्राउ परेका चारै जनाले पालैपालो युवतीलाई सामुहिक बालात्कार गरेको प्रहरी अनुसन्धानले खुलेको छ।

बजारबाट साइकलमा घर फर्किरहेकी युवतीलाई नियन्त्रणमा लिएर युवकले बलत्कार गरेका थिए। ‘घर फर्किरहेकी युवतीलाई एक्कासी युवाहरुले नियन्त्रणमा लिए,’ एसपी लम्सालले युवाले दिएको बयान उद्धृत गर्दै भन्नुभयो भन्नुभयो,‘ युवतीलाई नियन्त्रण्मा लिएर खाली खेतमा लगी लडाई रोई कराई गर्दा कुटपिट गरेर जबरजस्ती पालैपालो करणी गरेको हो। ’ मुखमा रुपमाल बाँधेर बाटो ढुकेर बसेका युवा समूहले नियन्त्रणमा लिएर बालात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

दोषीलाई मृत्युदण्ड दे !
आफ्ना व्यवसायी साथीको सामुहिक बलत्कारमा संलग्नहरुलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग ब्युटिसियनले गरेका छन्। ब्युटिसियनले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै बिहीबार बर्दिबासमा विरोध प्रदर्शन गरेका छन्।

राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपालमा आवद्ध धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहा गरी पाँच जिल्लाका सौन्दर्यकर्मीहरु आन्दोलनमा छन्। दण्डहीनताका कारण समाजमा अपराध बढिरहेको अन्तरपाटी महिला सञ्जाल बर्दिबासकी अध्यक्ष सारदा थापाले बताउनुभयो। उहाँले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई फाँसी नदिएसम्म यस्ता घटनामा कमी नहुने दाबी गर्नुभयो।

‘बालात्कार गर्ने दोषीलाई फाँसी दिइयोस्,’ उहाँले भन्नुभयो। बर्दिबासमा नागरिक समाजका अगुवा कुर्महरि सुवेदीले सरकारसंग नारी अस्मितालाई सुरक्षा गर्नु माग गर्नु भयो। राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल, धनुषाकी सल्लाहकार नम्रता राईले महिला हिंसा न्यूनिकरणका लागि राज्य कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो। – अनलाईन तामाङ खबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।