अन्तत: पछि हटे काठमाडौंका मेयर, मोबाइल बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने

काठमाडौं । चर्को आलोचनापछि काठमाडौं महानगरका नगर कार्यपालिकाका सदस्यहरुलाई मोबाइल बाड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको छ ।

महानगरको हालै बसेको नगर कार्यपालिकाका बैठकले जनप्रतिनिधिहरुलाई ३० हजारको मोबाइल बाँड्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएको छ ।

शुक्रबार साँझ बसेको बैठकले यो निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । एक जनप्रतिनिधिले भने ‘हामीले जनताको सेवालाई सहज बनाउने पवित्र उद्देश्यले यो निर्णय गरेका थियौं । तर, आलोचना भएपछि स्थगित गरिएको छ ।’

स्रोतका अनुसार मेयर र उपमेयरका साथै का नगर कार्यपालिकाका सदस्यहरु मोबाइल बाँड्ने निर्णय महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकै प्रस्ताव थियो । मेयर शाक्यले उसलाई नकारात्मक रुपमा लिन नहुने बताएका थिए ।

बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा

काठमाडौं महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । असार १५ गतेबाट चिकित्सकहरुको टोली पठाएर बृद्धबृद्धाको घरमै स्वास्थ्य जााच गर्ने महानगरको निर्णय छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।