मोरङ स्थित एक प्लाई उद्योगमा भीषण आगलागी, आगो नियन्त्रणको प्रयास जारी

विराटनगर, मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पर्ने प्लाई उद्योगमा आज विहान आगलागी भएको छ।

बुढीगङ्गा गाउँपालिका वडा नम्बर पाँच हात्तीमुढास्थित ग्रिन प्लाई उद्योगमा आगलागी भएको हो।

बिहान साढे तीन बजे सुरु भएको आगलागी मध्याह्न साढे १२ बजेसम्म पनि नियन्त्रणमा आएको छैन । उद्योगका सञ्चालक दिवाकर राठीले विद्युत् सर्ट भएर आगलागी भएको जानकारी दिए।

आगलागीबाट कारखानाको ६० प्रतिशतभन्दा बढी भाग नष्ट भइसकेको छ। कारखानाभित्र रहेका अधिकांश मेसिन जलेका छन् ।

‘अहिले कच्चा सामग्रीको बफर स्टोक गर्ने सिजन नै हो, त्यसैले कच्चा सामग्रीको भण्डारण धेरै थियो’, सञ्चालक राठीले भने, ‘यसबाहेक तयारी र अर्धतयारी सामग्री पनि आधाभन्दा बढी ध्वस्त भएको छ।’

प्लाईको मुख्य कच्चा सामग्री उत्तिसका मुढा हुन्। प्लाईउडको उत्पादकका रूपमा स्थापित यो उद्योग आठ वर्षदेखि सञ्चालित छ ।

आगलागी नियन्त्रण गर्न विराटनगर उपमहानगरपालिकाका तीनसहित ११ वटा दमकलको प्रयोग गरिएको छ। मेचीको काँकडभिट्टा, दमक र भद्रपुर, सुनसरीको इटहरी, इनरुवा र धरान, सप्तरीको राजविराज र मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट आएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।