मधेशका बस्तीबाट लखेटिए कांग्रेस उम्मेदवार, प्रहरीले यसरी बचायो
परासी । नवलपरासीको प्रतापपुर गाउँपालिकाको वठा नं ६ कठहवाँ गाउँमा आज विहान कांग्रेसका सांसद देवकरण कलवार (सन्तु) सहित घरदैलोमा हिडेका कांग्रेसका उम्मेदवारको टोलीलाई स्थानीयले अवरोधको प्रयास गरेका छन् ।

चुनाव बहिष्कारी राजपाका कार्यकर्ता एवं स्थानीले कांग्रेसको घरदैलो कार्यक्रमलाई अवरोधको प्रयास गरेका हुन् ।
कांग्रेस सरकारले मधेशी जनताको माग पुरा नगरि बलजफती चुनाव गराउन लागेको आरोप लगाउदै उनीहरुले घरेलुहतियारसहित कांग्रेस टोलीलाई आक्रमणको प्रयास गरेको कांग्रेसका स्थानीय नेताहरुले बताएका छन् । सोलगत्तै कांग्रेस टोली त्यहाँबाट सुरक्षित स्थलतर्फ लागेको थियो भने प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो ।
प्रतापपुर गाउँपालिकाको वडा नं। ६ कठहवाँ राजपका बरिष्ठ नेता ह्देश त्रिपाठीको गाउँ पनि हो । नेता त्रिपाठी र कांग्रेस सांसद कलवारको एउटै वडा हो तर गाउँ ५ सय मिटर फरकमा छ । सांसद कलवारले नेता त्रिपाठीलाई गत संविधान सभाको निर्वाचनमा हराएका थिए ।
पछिल्लो समयदेखि सांसद कलावार त्यस क्षेत्रमा विभिन्न विषयमा विवादित बन्दै गएपछि कलवार प्रति त्यहाँका जनताहरु आक्रोसित छन् । त्यसैकारणले आज कलवार सहितको घरदैलो टोलीलाई लखेटका एक स्थानियले बताए ।


