पैसा र आफन्तको लागी डीएसपी दिलिप घिमिरेका कारण बालक हत्याका दोषीले पाए उन्मुक्ती

२१ औ शताब्दीमा पनि एउटा अबोध बालक बोको काटिए जसरी काटिन्छ भने हामी कस्तो समाजको निर्माण गर्दैछौ आज ? एउटा निर्दोश बालकको घाँटी रेटिन्छ र दोषी थाहा पाउदा पाउदै पनि प्रहरीको नियतमा खोट देखिन्छ । प्रहरीले भटाभट पक्राउ परेका दोषीहरुलाई छाड्दै जान्छ । त्यो प्रहरीको नेतृत्व गरेका छन् डीएसपी दिलिप घिमिरेले ।

गत साउन १३ गते शुक्रबार दिउसो बाराको निजगढ वडानं ६ मा एक किशोरको छिमेकीको घरमा हत्या हुन्छ । हत्या पनि अत्यन्तै निर्मम तरिकाले गरिएको छ । निजगढका मनोज सापकोटका १६ बर्षिय छोरा निसानको उनकै छिमेकी बिचारी भनिने चिमबहादुर थापाको घरमा विभत्स तरिकाले हत्या गरिएको छ ।

चिमबहादुरले समाजमा गरेको अपराधिक काम ति बालक निशानले थाहा पाएको र समाजमा सार्वजनिक गरिदिन्छ भन्ने आशंकामा उनको निर्मम हत्या गरिएको मृतक निशानका सानोबुवा सन्तोष अर्यालले तीनघुम्तीलाई जानकारी गराए । हत्या भएको दिन निशानलाई फकाई फकाई घरमा बोलाएर हत्या गरिएको बालकको पारिवारिक श्रोतले जनाएको छ । हत्यामा छिमेकी चिमबहादुर थापा, निजकी श्रीमती भवानी थापा, छोरी विपना थापा, छोरा विवेक थापा तथा निज चिमबहादुरको घरमा काम गर्न आएका भट्टराई र फूयाल थरका ज्यामीहरु संलग्न रहेको मृतकका सानोबुवा सन्तोष अर्यालले दाबी गरेका छन् ।

बालकको हत्या गरेर खाडलमा पुर्न लागेकोमा हत्या भएको घरको माथिल्लो तलाबाट रगत बगेर तल झरेको छिमेकिले देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले बालक हत्यामा संलग्नहरुलाई पक्राउ त गर्यो तर, पीडितहरुलाई झनै उल्टो पीडा दिने व्यवहार प्रारम्भदेखिनै थालेको हो । डीएसपी दिलिप घिमिरेले एकजना असईको प्रयोग गरेर पीडित परिवारलाई अनावस्यक दुःख दिदै आएका थिए ।

प्रहरीको फितलो कामकारबाहीका कारण आज बालक हत्यामा संलग्नहरु अदालतको आदेशबाट छुट्कारा पाउदैछन् । यस्मा प्रहरीको गैरजिम्मेवारपननै मूख्य कारक सावित भएको पारिवारका सदस्हरुको भनाई रहेको छ । प्रहरीले कति गैर जिम्मेवार हर्कत गरेको छ भने बालकको हत्या हुदा बिचारीको घरमा काम गर्न आएका दुईजना ज्यामी केवल बिस मिटरको दुरीमा काम गरिरहेकोमा प्रहरीले २ सय मिटरको दुरी भनेर उल्लेख गरेको परिवारका सदस्य सन्तोष अर्यालले बताए । हत्यामा संलग्न मुख्य आरोपी बिचारी भनिने चिमबहादुर थापा, भट्टराई र फूयाल थरका दुई जना ज्यामीलाई जनही २० हजार धरौटीमा रिहाई गर्न अदालतले आदेश दिएको छ ।

त्यस्तै दुईजना छोरा छोरीको पनि उमेर नपुगेको भन्दै जिम्मा लिने कोही पाए छाड्ने तयारी भैरहेको अर्यालले जनाए । यसरी हेर्दा अन्त्यमा बिचारीकी श्रीमतीलाई हत्याको आरोपमा जेलमा राख्ने र उपयुक्त बातावरणमा उनलाई पनि छाड्ने तयारी गरिएको पीडित परिवारको भनाई छ । सरसर्ती हेर्दा प्रारम्भदेखिनै प्रहरीको गतिबिधि शंकास्पद देखिदै आएको र उसकै फितलो काम कारबाहीको परिणामनै आजको अबस्था आएको पीडित परिवारको बुझाई रहेको छ ।

यो घटनाकाबारेमा तीनघुम्तीले मध्यक्षेत्रका डीआईजी गणेश केसीसँग समेत कुरा गरेको थियो । कुराकानीमा डीआईजी केसीले अपराधीलाई कुनै पनि हालतमा कारबाही गरेरै छाड्ने तथा दोषीले उन्मुक्ती नपाउने बताएका थिए । डीआईजी केसीलाईनै बदनाम गराउने नियतले डीएसपी घिमिरे यो केशमा हात धोएर लागेका थिए । हाल पर्वतको कुश्मामा रहेका घिमिरेले आफ्नो पैसा उठाउने धन्दालाई अझैं निरन्तरता दिईरहेका छन् । तर, आज पीडितलाई न्याय दिनुको साटो झन् पीडा दिने काम भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।