कोशी बाँधका विषयमा गहन अध्ययन र छलफल जरुरी छ, हचुवाको भरमा कुनै निर्णय गर्नु हुँदैन : प्रचण्ड

संविधान संशोधनको विषयमा टुंगियो, बोली राख्नु पर्दैन

विराटनगर, १२ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको प्रक्रिया टुंगीसकेको बताउँदै संशोधनबारेको कुनै विवाद नरहेको बताउनुभएको छ ।

विराटनगरमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले संविधान संशोधनको विषय तत्कालका लागि टुंगिएको बताउनुभयो ।

‘संविधान संशोधन प्रक्रिया टुंगिएको छ’, उहाँले भन्नुभयो, ‘राजपा नेपाल समेत सहभागी भएको छ । निर्वाचनपछि संशोधन गर्ने नगर्ने कुरा पछिको विषय हो । यस विषयमा धेरै बोलिराख्नु पर्दैन ।’

भारतसँग भएको सन्धि र सम्झौताका विषयमा सोधिएको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो, ‘परराष्ट्र मन्त्रीले आज बिहान मात्रै संयुक्त वक्तव्य, भारतसँग भएको सहमति र सम्झौताको डकुमेन्ट दिनुभएको छ । अध्ययन गर्न बाँकी छ । अध्ययनपछि मात्रै टिप्पणी गर्न सकिन्छ ।’

हिन्दूराष्ट्रका विषयमा भारतले आफूलाई कहिल्यै पनि दवाव नदिएको दाहालको भनाइ थियो । ‘हिन्दुराष्ट्रका विषयमा भारतसँग कुनै कमिटमेन्ट गरिएको छैन’, उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा वा अरुले के गरे उहाँहरुको कुरा हो । मैले कुनै सहमति गरेको छैन ।’

कोशी बाँधका बारेमा मुलुकभित्रै गम्भीर छलफल आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ । ‘कोशी बाँधका विषयमा गहन अध्ययन र छलफल जरुरी छ’, उहाँले भन्नुभयो, ‘हचुवाको भरमा कुनै निर्णय गर्नु हुँदैन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।