कोटेश्वर स्थित पुलमुनी भेटिईन यी ७ महिनाकी बालिका
काठमाडौं । राजधानी काठमाडौंको कोटेश्वर पुल मुनि ७ महिनाकी वेवारिसे वालिका भेटिएकी छन्।

कोटेश्वरमा साग बेच्ने महिलाले वेवारिसे वालिका बारे प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले बालिकालाई कोटेश्वरबाट उद्धार गरेर बालबालिका खोजतलास समन्वय केन्द्रमा जिम्मा लगाएको छ।
खोजतलास समन्वय केन्द्रका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बालिकालाई नियतवस सडकमा छोडिएको हुन सक्ने बताए। उनले अहिलेसम्म बालिका खोज्न कोही पनि नआएको समेत बताए। प्रहरीले केही घण्टा अघिनै उनलाई कोटेश्वरबाट लगेको थियो ।
बालिका अहिले प्रहरीको संरक्षणमा रहेकी छन्।-खबर टाईमस् ।


