आफूहरुलाई प्रहरीमा भर्ना नलीए कडा आन्दोलनमा उत्रने म्यादी प्रहरीको चेतावनी !
काठमाडौं, भाद्र १२ । म्यादी प्रहरीहरुले अब सरकारलाई चेतावनी दिन थालेका छन । उनीहरुले प्रदेशका ४० हजार प्रहरीमा आफूहरुलाई भर्ना नलीए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन । म्यादी प्रहरी संघर्ष समिति संयोजक कपिल थापाले भक्तपुरमा सोमबार आयोजित कार्यक्रममा यस्तो चेतावनी दिएका हुन् ।

फाईल फोटो
सरकारले म्यादीलाई प्रहरी सरहको तालिम लगायत खर्च र लगानी गरिसकेको भन्दै उनले प्रहरीमा समायोजन गर्नुपर्ने माग गरे । गत बैशाख र असारमा गरिएको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी माग गरी भर्ना लिईएको थियो । म्यादी प्रहरीमा कुनै सामान्य लेखपढ सम्म नभएकाहरु पनि भर्ति भएको हुनाले म्यादी प्रहरीलाई नै नेपाल प्रहरीमा भर्ना गर्न भने त्यति उपयुक्त नहोला तर उनीहरुलाई प्राथमिकतामा राख्न भने सकिने छ ।


