बाणिज्य मन्त्री विकले भने,- कोशी उच्च बाँधले नेपाललाई धेरै फाइदा हुन्छ
काठमाडौँ । कोशी उच्च बाँधको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा भारतसँग सहमति भएको बाणिज्य मन्त्री मिनबहादुर बिश्वकर्माले जानकारी दिएका छन् । मंगलबार सुनसरीको धरानमा उद्योग बाणिज्य संघको ५४औं वार्षिक साधारण सभा कार्यक्रममा मन्त्री बिकले प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणका क्रममा भारत सरकारसँग उक्त सहमति भएको प्रष्टाएका हुन ।

डिपिआर बन्दा भारतलाई भन्दा पनि नेपाललाई बढी फाइदा हुने उनले दावी गरे । जलासयबाट पर्यटनको विकास, कृषिको विकास गर्न सकिने भएकाले त्यसले नेपाललाई बहुआयमिक रुपमा फाइदा पुग्ने उनको भनाई छ । उच्च बाँध सम्पन्न भए कृषिमा पूर्वको झापादेखि पश्चिमको जनकपुरसम्मका खेतियोग्य जमिनहरुलाई सिञ्चित हुने मन्त्री विकले बताए ।
भारतसँग ४८ वटा बुँदामा भएका सहमति मध्ये नेपालको जनकपुरसम्मको सर्किट र बुद्धको जन्मस्थल लुम्बिनीसम्म अर्को सर्किट बनाउने सहमति बनेको बताए । भारतले व्यापारीहरुलाई हालै लगाएको आयत तथा निर्यातसम्बन्धी जिएसटी करको विषयमा नेपाली उद्योगी व्यवसायी डराउनु पर्ने अवस्थै नरहेको जिकिर गरे ।
उनले भारत सरकारले सहज बनाउनको लागि र एकद्वारा नीतिको लागि नै कर लगाइएको प्रष्ट पारे । जिएसटी करमा दर्ता भएका बैधानिक भारतीय व्यापारीहरुको अभावमा नेपालबाट भारत निकासी हुने समानहरुमा भारत सरकारले अवरोध सृजना गरेको र सोही समस्याको हल गर्नका लागि धरानका व्यापारीहरुले मन्त्री विश्वकर्मालाई ज्ञापन पत्र बुझाएका छन् ।


