ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा : विजुक्छें

भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा पर्दै गएको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसद्को मर्यादा विपरीत रहेको टिप्प्णी गर्नुभयो ।

अध्यक्ष विजुक्छेंले संसद्ले नेपाल र भारतको सीमामा बनाएका विभिन्न बाँध भत्काउने निर्णय गरेपनि सरकार चुप लागेर बस्नु गलत भएको बताउँदै बाढीपीडितको राहत वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

निर्वाचन आयोगले तोकेको समयमै निर्वाचन सम्पन्न हुने बताउँदै उहाँले निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबाबमा पारेर मिति परिवर्तन गराउन खोजे देशका लागि हित नहुने विचार व्यक्त गर्नुभयो ।

‘सिंहदरबारको अधिकार गाउँ÷गाउँ’ भन्ने नारा दिएर ठूला दलले जनतामाथि भ्रमको खेती गरेको आरोप पनि लगाउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।