ड्युटीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहार, एक जना पक्राउ
चितवन, १४ भदौ । चितवनमा बुधबार दिउँसो ड्युटीमा खटिएका प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ । घटनालगत्तै अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाईल फोटो
नारायणगढको पोखरा बसपार्कस्थित क्षेत्रपुरतर्फ जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी जवान तारा पोखरेललाई दिउँसो २ बजेर ४० मिनेटमा दिलिप सुनार नामक व्यक्तिले खुकुरी प्रहार गरेको वडा प्रहरी कार्यालय नारायणगढका इन्सपेक्टर निरञ्जन भट्टराईले जानकारी दिए ।
उनका अनुसार खुकुरी हान्ने सुनारलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।


