कोशी राजमार्ग अन्तरगत धरान–धनकुटाका यात्रुले यसरी सास्ती खेपीरहेछन, सडक विभागलाई कुनै वास्तै छैन (भिडियो सहित)
कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड पहिरोले पटक–पटक अबरुद्ध हुंदा पूर्वको पर्यटकीय नगरी भेडेटारको पर्यटन ब्यबसाय प्रभावित बनेको छ । गएको साउनमा परेको अविरल बर्षत्का कारण धरान देखि ७ किमि उत्तरमा रहेको आँपगाछी नजिक राजमार्ग पहिरोले बगाएर सवारी आवागमनमा समस्या भएको छ । खराव बाटोका कारण भारतको पशिचम बंगाल,बिहार र पूर्वी नेपालका पर्यटकहरु साना सवारी लिएर भेडेटार आउन नसकेपछि भेडेटारको पर्यटन ब्यबसाय प्रभावित भएको होटल एशोशियसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले जानकारी दिए । थप समाचारको लागि यो लिङकमा क्लिक गर्नुहोस् -> धरान–धनकुटा सडक पटक–पटक अबरुद्ध हुँदा पर्यटन प्रभावित


