धुर्मुस सुन्तली फाउण्डेशनले बाढी पीडितका लागि एकीकृत नमुना बस्ती बनाउने

काठमाडौं, भदौ १८ । चर्चित कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ ।

फाउण्डेशनले बाढी प्रभावित तराईका १२ जिल्लाका २३ स्थानमा झण्डै ६५ लाख बरावरको राहत सामग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले पीडितहरुको अवस्थालाई देखेर आफूहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् ।

एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाए पनि कहाँ र कति लागतमा बनाउने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको फाउण्डेशनको भनाई छ ।

बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माणसँगै केही समयअघि मात्रै ५ अर्बको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको काम पनि निरन्तर अगाडि बढिरहने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्तीजस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भुकम्प प्रतिरोधी हुनेछ । फाउण्डेशनले यसअघि ३ वटा एकीकृत नमुना बस्ती सफलतापूर्वक निर्माण सम्पन्न गरेर नेपालीहरुको मन जितिसकेको छ । उज्ज्यालो अनलाईन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।