नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास सुरु भएको छ। दुई सेनाबीच बटालइन स्तरीय अभ्यास सुर्यकिरणको १२ औं संस्करण आइतबारदेखि सुरु भएको हो।

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी राजेन्द्र कार्कीले एक विशेष कार्यक्रमका बीच अभ्यासको शुभारम्भ गरेका थिए।

विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरि अभ्यास संचालन गरिएको नेपाली सेनाले जनाएको छ। संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र के.सी. र भारतीय सेनाबाट महा सेनानी ललित मोहन मिश्राले नेतृत्व गर्ने छन्।

दुवै देशका करिब ३००÷३०० जना नफ्रि सहभागी गराई सञ्चालन भएको अभ्यास आगामी भाद्र ३१ गते सकिने जनाइएको छ। यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको एघारौं संस्करण भारतको पिथौरागढमा भएको थियो। २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी ११ पटक सञ्चालन भई सकेको छ ।

संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्नेछन्। यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।