१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ

वीरगन्ज, १८ भदौ । १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाको नयाँ बस्तीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवानलाई स्थानीयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन् ।

इलाका प्रहरी कार्यालय नगवामा कार्यरत प्रहरी जवान गोरख मौर्यले शनिबार राति घरमा अरु कोही नभएको मौका छोपी जबर्जस्ती करणी गरेको आरोपमा स्थानियवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

किशोरीको मुख थुनेर करणी गरिरहेको अवस्थामा देखेर छिमेकीले होहल्ला गरेपछि स्थानीयले मौर्यलाइ कुटपिट गरी प्रहरीको जिम्मा लगाएका हुन् । पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले प्रहरी जवान मौर्यलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान सुरु भएको जानकारी दिए ।

पीडित किशोरी भने अहिलेसम्म प्रहरीको सम्पर्कमा नआएको भन्दै उनले पीडित किशोेरीका अभिभावकलाई जाहेरी लिएर प्रहरी कार्यालयमा आउन खबर गरेको छ।

प्रहरी जवान मौर्य र किशोरीबीच पहिलादेखि नै चिनजान भएको र शनिबार राति भने किशोरीले नै घरमा बोलाएको तर, प्रहरी जवान घरमा पुगेर बहिनीसँग बसेको दाइले देखेपछि दाइसँग डराएर किशोरीले बलात्कारको आरोप लगाएको प्रहरी स्रोतले जनाएको अन्नपूर्ण पोष्टमा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।