बच्चालाई रुवाएर आमा हिँडिन खुशी खोज्न, नावालक छाडेर आमा अर्कै पुरुषसँग विवाह गरी गएपछि बालबालिका अलपत्र

सन्धिखर्क, भाद्र १८ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ बांगलाको जर्रे खोलामा बालबालिकालाई छाडेर बाबुआमा हिँडेपछि तीन बालबालिका वेवारिसे बनेका छन्। मालारानी गाउँपालिका हंशपुरमा घर भइ कामको सिलसिलामा डिभर्ना र ठूलापोखराको बीचमा पर्ने जरेखोलामा गिट्टी बालुवा तथा अन्य कामगरी जिबिका चलाइरहेका एक दम्पतीका तीन बच्चा अभिभावक बिहिन भएका हुन्।

दुई बर्षीया बालिका, चार र ६ बर्षका बालक छाडेर आमा अर्कै पुरुषसँग विवाह गरी गएकाले बालबालिका अलपत्र परेका हुन्। आमाले बिचल्ली पारेर गएको दुई महिना जति बुबाले पालनपोषण गरेका थिए। छोराछोरीको जिम्मेवारीबाट बुबा पनि पन्छिएर हिँडेपछि बालबालिकाका बेवारिसे भएको सन्धिखर्क नगरपालिकाका १२ का वडा अध्यक्ष नारायण खड्काले बताए।

बच्चालाई छिमेकीले तीन दिनसम्म त कही कतैबाट बुबा आमा आउलान र लैजालान भनेर स्याहार सुसार गरे तर तीन दिनसम्म पनि कोही सम्पर्कमा नआएपछि वडा अध्यक्ष नारायण खड्कालाई खबर गरेका थिए।

वेवारिसे बच्चा छन् भन्ने स्थानीयले खबर गरेपछि अध्यक्ष खड्काले शनिबार बच्चालाई उनले आफ्नै घरमा ल्याएर राखे। सन्धिखर्कमा ल्याइएका बालबालिकालाई स्थानीय पवित्रा भुसाल र गोमा सापकोटा रेग्मीले नुवाइधुवाई गरेर स्याहार सुसार गरेका छन्। स्थानीयले कपडा तथा चप्पलको व्यवस्था गरेपछि बालबालिका अहिले सन्धिखर्कमा छन्।

अहिले अध्यक्ष खड्का र पत्रकार तथा समाजसेवी सहयोगी बिसीले बच्चाको हेरविचार गरेका छन्। ‘बालबालिकाहरुको आमाबुबा खोज्ने प्रयास गरिरहेका छौँ,’ अध्यक्ष खडकाले भने।

https://youtu.be/uG4nvifrTXQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖