तीन दिनसम्म बन्धक बनाई बलात्कारपछि विष खुवाएर ड्राईभरले गरे युवतीको हत्या

दैलेख, १८ भदौ । दैलेखमा तीन दिनसम्म बन्धक बनाएर एक युवतीको बलात्कारपछि हत्या भएको छ। कालिकोट जानलाई हिँडेकी ती युवतीलाई ना ५ ख १८८७ नम्वरको ट्रक चालकले तीन दिनसम्म खिड्कीजिउलाको एक होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ३२ वर्षीय गाडी चालक लक्ष्मीप्रसाद आचार्यले मामा भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा युवतीलाई बन्धक बनाई राखेको र तेश्रो दिन हिजो शनिबार बिहान ८ बजेतिर बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

शनिबार बिहान ती युवतीले विष खाएको भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदा पीडकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। युवतीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।