नेपाल आइडलका आयोजक, निर्णायक र कर्मचारीलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी

भदौ १९ । चर्चित नेपाली टेलिभिजन रियाललिटी शो ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने काम नगर्न आग्रह गर्दै केही समूह नेपाल आइडल प्रतियोगितालाई नै विवादित बनाउन लागिपरेको नेपाल आइडलले फेसबुकमा लेखेको छ ।

केही दिनदेखि प्रतियोगिता आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्तिको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको आयोजकको भनाई छ ।

साथै गत शुक्रबार नो इलिमिनेसन डे घोषणा गरिएको कुरालाई लिएर धेरै नै गुनासो आएकोले आउने हप्ताको भोटिङ निःशुल्क बनाउन फ्रिमेन्टल मिडियासँग छलफल भइरहेको पनि प्रतियोगिता आयोजकको भनाई रहेको छ ।

त्यस्तै शोमा कुनै पनि मनोमानी नभएको र आफूलाई कार्यक्रम सञ्चालन गर्न दिने फ्रिमेन्टल मिडियाको नियम भन्दा बाहिर गएर प्रतियोगिता सञ्चालन नभएको पनि कम्पनीको दाबी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖