रक्सी र मासु खुवाएर चुनाव जित्न खोज्नेहरु राष्ट्रघाति भाइरस हुन्, बहिष्कार गर्नुस्

आचारसंहिता नमान्नेलाई मत नदिनुस्: आयुक्त पौडेल

पर्सा, १९ भदौ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नेकपा (एमाले)का एक वरिष्ठ नेताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेको जानकारी दिनुभएको छ ।

वीरगञ्जमा चुनाव प्रचारका क्रममा आचारसंहिता उल्लङ्घन भयो भनेर आयोगले मागेको स्पष्टीकरणको जवाफमा ती नेताले गल्ती स्वीकारेर पत्र नै आयोगमा पठाएको पौडेलले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त पौडेलले दलहरुकै सहमतिमा तयार भएको निर्वाचन आचार संहितालाई नमान्ने दलका उम्मेदवारलाई मत नदिन सर्वसाधारणसँग अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो “रक्सी, मासु खुवाएर रकमको भरमा निर्वाचन जित्न खोज्ने उम्मेदवार राष्ट्रका लागि घातक भाइरस हुन् । त्यस्ता उम्मेदवारलाई बहिष्कार गरे राष्ट्र निर्माणमा ठूलो टेवा पुग्नेछ ।”

उहाँका अनुसार तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गर्न केन्द्रबाटै २ नम्बर प्रदेशको आठवटै जिल्लामा दुई जना विशेष प्रतिनिधि खटाइएकोे छ ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय पर्साले आज वीरगञ्जमा आयोजना गरेको ‘राजनीतिक दल सम्बद्ध युवा नेतृत्वका लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण’ कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आयुक्त पौडेलले राजनीतिक दलमा आबद्ध रहेका युवालाई निर्वाचन अचारसहिंता र मतपत्रबारे जानकारी गराए शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मद्दत पुग्ने र बदर मतको संख्यासमेत कम हुने बताउनुभयो ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आउँदो भदौ २० गतेदेखि पर्सा जिल्लामा मदिराको बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।