भारतीय प्रहरीको हिरासतमा रहेका देव नारायणलाई छुटाउन गृहमन्त्री जनार्दन शर्माले चाले यस्तो कदम

काठमाडौं । भारतीय प्रहरीको हिरासतमा रहेका सप्तरी तिलाठीका देव नारायण यादवलालाई कुटनीतिक पहल गरी रिहा गर्न गृहमन्त्री जनार्दन शर्माले पहल गरेका छन् । शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई यादव र उनका छोराको कुटनीतिक माध्यमबाट रिहाइ गर्न निर्देशन समेत दिएका छन् ।

गृहमन्त्री शर्माका प्रेस संयोजक लक्ष्मि पुनका अनुसार उनले आज मध्यान्न प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका हुन् । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाका देव नारायण र उनका छोरा अजय यादवलाई भारतीय प्रहरीले पक्राउ गरी अपहरण मुद्दा लगाएको छ ।

भारतको सुनौली गएका अजयलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै छुटाउनका लागि पुगेका देवनारायणलाई पनि प्रहरीले पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई सुपौर जिल्लाको विरपुर थानामा राखिएको छ । गत वर्ष नेपाली भूमिमा भारतीय पक्षले बाँध राख्न खोजेपछि भएको आन्दोलनमा देव नारायण घाइते भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।