राजपाका नेताहरू बोलेनन् देवनारायण यादव पक्राउ बारेमा !, राजेन्द्र महतोले भने,- ठूलो कुरा होइन
काठमाडौं । सप्तरीको तिलाठीमा भारतीय सेनाले नेपाली भुमी अतिक्रमण गरिएको भन्दै भारतीय सेनासँग लडेका देवनारायण यादव पक्राउलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यादव र उनका छोरा अजयलाई पक्रेर अपहरणको मुद्दा चलाएको छ ।

यस विषयमा सवै राजनीतिक दलले आफ्नो धाराणा सार्वजनिक गरिसकेका छन् । थुप्रै नेताहरुले सामाजिक संजालमार्फत कडा विरोध गरिरहेका छन् ।
तर, मधेश केन्द्रित दलहरु अहिले सम्म चुप्प लागेर बसेका छन् । राजेन्द्र महतोलाई यस बिषयमा प्रश्न गर्दा- यो सानो तिनो कुरा हो आफूलाई यस बिषयमा कुरा गर्ने समय छैन भने जबाफ आएको पाथिभरान्यूजले लेखेको छ ।

मधेशमा राजनीतिक गर्ने, मधेशी जनताको पक्षमा संबिधान हुन् सकेन भनेर लामो समय सडक संघर्षमा रहेका नेता तथा दलहरु अहिलेसम्म नबोल्नुलाई तपाई कसरि लिनुहुन्छ ? कृपया कमेन्ट गर्नुहोला ।


