तेह्रथुममा ४ करोड बढी लगानीमा ७ वटा खानेपानी योजना निमार्ण सुरु

धनकुटा खबर / तेह्रथुम । ७ करोड बढी लगानीमा जिल्लाको बिभीन्न भागमा एकैसाथ ७ वटा खानेपानी योजना निमार्ण कार्य सुरु भएको छ ।

विभिन्न छ गाउँका ७ सय ४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण शुरु भएको हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण शुरु भएको हो ।

सातवटै योजना सम्पन्न गर्नका लागि कुल ४ करोड १ लाख ४ हजार ४ सय ९६ रुपैया खर्च हुने सोसाइटीका खानेपानी तथा सरसफाइ अधिकृत जितलाल लिम्बूले बताउनुभयो । जसमध्ये फण्ड बोर्डको एक करोड ६४ लाख ३७ हजार ७४१, स्थानीयवासीद्वारा संकलित नगद रु ४० लाख ६ हजार २७६ र एक करोड ९६ लाख ६० हजार ४७८ रुपैया बराबरको श्रमदान रहेको छ । ती आयोजना निर्माण भएपछि ७ सय ४६ घरधुरीका तीन हजार ८ सय २ जनाले पाइप प्रणालीको शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन् ।

जिल्लाका सुक्खाग्रस्त क्षेत्रकोखानेपानी समस्या सुल्झाउन फण्ड बोर्डको सहयोगमा खानेपानी तथा सरसफाइ कार्यक्रम अन्तर्गत खानेपानी योजना निर्माण थालिएको सोसाइटीका निर्देशक कपिलदेव सिंगकले बताउनुभयो । सुक्खाग्रस्त फेदाप गाउँपालिका–१ सिम्लेमा सापकोटा र साक्चुवा खानेपानी योजनाहरु निर्माण हुने भएका छन् । यस्तै हमरजुङमा देउराली खानेपानी योजना, सक्रान्तिमा सोदन खानेपानी योजना, सुदापमा आहालडाँडा खानेपानी योजना, इसिवुमा रिठ्ठे खानेपानी तथा जलजलेमा चापाबोटे खानेपानी योजनाको निर्माणको काम भइरहेको छ ।

जिल्लामा यसअघि पनि खानेपानी तथा सरसफाइ कोष विकास समितिको सहयोगमा करिब एकदर्जन खानेपानी योजना निर्माण भएका थिए । खानेपानी योजना सञ्चालन भएकोक्षेत्रमा सरसफाइ कार्यक्रमसमेत सञ्चाल गरिएको छ । ती गाउँलाई पूर्णसरसफाइयुक्त गाउँ बनाउन अभियानकै रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖