वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने : राज्यमन्त्री

दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले वैदेशिक रोजगारमा जाने युवा श्रमिकको संख्या क्रमशः घटाउँदै लैजाने बताउनुभएको छ ।

नेपाली काँग्रेस तुलसीपुर–४ ले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्नका लागि सरकार अग्रसर भएको छ ।”

राज्यमन्त्री चौधरीले भन्नुभयो, “दैनिक सयौँ युवा विदेशिन बाध्य छन्, नेपालमै सीपमूलक तालीम दिइ युवालाई यहीँ रोजगार दिन सकिन्छ, त्यसतर्फ सबै लाग्नुपर्छ ।”

सरकारको पहिलो प्राथमिकता चुनाव भएको र प्रदेश एंव केन्द्रको चुनावमा सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको उल्लेख गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयनसँगै देशमा आर्थिक विकास हुने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।