करार गर्न माग गर्दै आंशिक प्राध्यापकको धर्ना

काठमाडौँ, १७ असोज । आंशिक प्राध्यापक संघले आफूहरुलाई करार गर्न माग गर्दै आज माइतीघरमण्डलमा धर्ना दिएको छ ।

सात दिनदेखि संघका अध्यक्ष डा महेश गजुरेलले कीर्तिपुरस्थित त्रिविको मूल प्रवेशद्वारमा आमरण अनशन जारी राखे पनि त्रिवि र सरकारले सुनुवाइ नगरेको भन्दै एक घण्टा धर्ना दिइएको हो ।

संघका केन्द्रीय सदस्य योगेशकुमार गोइतका अनुसार संघका सहअध्यक्ष नरेन्द्र भण्डारीसहितको टोलीले आजै राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको छ । त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्वविद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।