किन अगाडि बढेन धरानमा विमानस्थल बनाउने योजना ?

इनरुवा, १८ असोज। धरान उपमहानगरपालिकामा १४ वर्ष अगाडि विमानस्थल निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको भएपनि त्यसले मूर्त रुप लिनसकेको छैन ।

सरोकार राख्ने निकायको उदासीनका कारण विमानस्थल बनाउने योजना काजगमै सीमित भएको हो । चौध वर्षदेखि धरान १७ डाँडाघोपामा ट्विनअटर विमान मात्र उडान र अवतरण गर्नसक्ने १८ विघा क्षेत्रफलमा विमानस्थल निर्माण गर्न अध्ययन भएको थियो ।

विमानस्थल निर्माण गर्न तयार रहेको यति इन कर्पोरेट प्रालिलाई ६ महिनाभित्र विमानस्थल नबने फिर्ता गर्ने सहमतिमा ७ विघा जग्गा स्थानीयवासीले सस्तो मूल्यमा बिक्री गरेका थिए भने १८ विघामध्ये बाँकी जग्गा नगरपालिकाले उपलब्ध गराउने भनेको थियो । अहिले एटिआर ४२ सम्मको विमान उडान र अवतरणका लागि करिब ९२ विघा जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । प्रतिवेदन अनुसार विमानस्थलका लागि जग्गा उपलब्ध गराउन नसक्ने देखिएपछि जग्गादाताहरुले जग्गा फिर्ता गर्नुपर्ने माग गर्न थालेको जग्गाधनी जीवन भट्टराईले बताउनुभयो ।

प्रतिवेदनमा उल्लेख भए अनुसारको जग्गा उपलब्ध गराउन ठूलै सुकुम्बासी बस्ती उठाउनु पर्ने हुन्छ । यता स्थानीय तहको निर्वाचनमा विमानस्थल निर्माणलाई प्रमुख एजेण्डा बनाएको दलहरुले प्रदेश र संघको निर्वाचनका कारण अहिले नाम लिइरहेका छैनन् । जग्गा प्राप्तिमा कुनै समस्या नरहेकाले विमानस्थल बन्ने धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । विगत १४ वर्ष देखि जग्गादाताले न त विमानस्थलको सुविधा लिन पाएका छन् न त जग्गा उपभोग गर्न नै पाएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।