कांग्रेसद्वारा सरकार पुनर्गठनको तयारी, राजपा सहितका दलहरु बालुवाटारमा
बाम एकताले ‘हच्किएका’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार पुनर्गठनको तयारि थालेका छन। सरकार पुनर्गठनबारे छलफल गर्न राजपाका महेन्द्र ठाकुर लगायतका नेताहरु बालुवाटार पुगिसकेका छन।

छलफलमा अन्य विभिन्न स-साना दलका नेताहरुको समेत उपस्थिति रहेको छ भने अन्य दलका नेताहरु आउने क्रम रहेको बताइएको छ। नेपाली कांग्रेसले आज ११ बजे कार्यसम्पादन बैठक लगत्तै लोकतान्त्रिक गठबन्धनको तयारीका लागि राजपा , संघिय समाजबादी, राप्रपा सहित बैठक बसेको थियो।
बैठक लगत्तै देउवाले कानुनी परामर्श गर्न थालेका थिए। नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएपछि उत्पन्न परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले कानुनी परामर्श थालेका हुन ।
बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की,महादेव यादव,बसन्तराज भण्डारी,बिपिन अधिकारीसहित नेपाल बार एशोसियनका पदाधिकारीहरुलाई प्रधानमन्त्री देउवाले परामर्शका लागि बोलाएका हुन।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार समसायिक राजनीतिक अवस्थाका बारेमा कानुनविदहरुसँग परामर्श गर्न लागिएको हो । प्रधानमन्त्री देउवाले बिभिन्न पेशा र व्यवसायीहरुसँग बृहत लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने बारेमा परामर्श गर्ने क्रममा कानुन क्षेत्रका बिज्ञहरुसँग पनि परामर्श गर्न लागेको परियारले जानकारी दिए । लोकतान्त्रिक गठबन्धनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाले परामर्शलाई निरन्तरता दिने उनले बताए ।


