कुटपिट र धारिलो हतियार प्रहारबाट गम्भीर घाइतेको मृत्यु

लहान, १९ असोज । कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ निवासी ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

गत असोज ९ गते राति ११ बजे रायमाथि धारिलो हतियार प्रहार भएको थियो । टाउकामा धारिलो हतियार र जीउभरि रडले हानेको निलडाम रहेको अवस्थामा उद्धार गरी रायलाई तत्कालै जिल्ला अस्पताल पु¥याइएको थियो । प्राथमिक उपचार पछि थप उपचारका लागि उनलाई विराटनगर पठाइएकामा त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको सिलिगुडी लगिएको प्रहरीले जनाएको छ ।

सिलिगुडीबाट पनि थप उपचारका लागि दिल्ली लैजान चिकित्सकले सल्लाह दिएकाले लैजाने तयारी गर्न लाग्दा रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

रायलाई कुटपिट र धारिलो हतियार प्रहार गरेको आरोपमा स्थानीय कुवर यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । घटनामा संलग्न रहेको भनिएका अन्य चार÷पाँचजना फरार रहेको जनाइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।