मुलुकमा धेरै पार्टीको आवश्यकता छैन : गृहमन्त्री

रुकुम, १९ असोज । गृहमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टीको आवश्यकता नरहेकाले’ वाम एकताको शुरुआत भएको बताउनुभएको छ ।

रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि शुरुआत हुनाले देश विकास र प्रगतिको बाटामा अगाडि बढेको उहाँको भनाइ थियो ।

“एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ । सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिलेका एमाले नेताहरुले गरेका हुन्, हामीले जनयुद्ध ग¥यौँ”, नेता शर्माले भन्नुभयो, “जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र वैचारिक आधार एउटै हुन पुगेको छ । वैचारिक सहमति बनेपछि अलग अलग पार्टीमा बस्नुभन्दा पनि एउटै पार्टीको पहल शुरु गरिएको हो ।” उहाँले थप्नुभयो, “कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ ।

मुलुकलाई राजनीतिक स्थायित्व दिन, आर्थिक समृद्धि दिन र संविधान कार्यान्वयनलाई अझै सफलतापूर्वक लैजानका लागि माओवादी केन्द्रका अध्यक्ष र नेकपा(एमाले)का अध्यक्षले एकार्काको आवश्यकता महसुस गर्नाका साथै एकार्काको अस्तित्व स्वीकारेको बताउँदै नेता शर्माले भन्नुभयो, “आरोप प्रत्यारोप त्यागेर वाम एकताका साथ उहाँहरु एक ठाउँमा आउनुभएको हो । यो कसैका विरुद्धमा भन्दा पनि देश र नेपाली जनताको समृद्धि र विकासका लागि हो ।”

एकता प्रक्रियामा गएर समायोजन समिति बनाउँदै गर्दा एमाले र माओवादी केन्द्रका अध्यक्षहरु प्रमुख नेताका रुपमा रहने उहाँले बताउनुभयो । अब ओलीको नेता प्रचण्ड र प्रचण्डको नेता ओली भएको उहाँको भनाइ थियो । तत्कालीन नेकपा९माओवादी०को २०६४ सालको काभ्रेको फूलबारी बैठकमा एमालेसँग एकता गर्ने प्रस्ताव नै पारित भएको र त्यसपछि दुई पार्टीबीच धेरै छलफल भए पनि अहिले त्यो सफल भएको नेता शर्माले जानकारी दिनुभयो ।

फरक प्रसंगमा उहाँले रुकुम (पूर्व) पर्यटकीय हिसाबले निकै महत्व बोकेको जिल्ला र देशकै १० उत्कृष्ट प्रस्तावित शहर पनि रहेकाले यसको विकास गर्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

आजै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालय उद्घाटन पनि गरिएको छ । अन्य सरकारी कार्यालय पनि छिट्टै स्थापना गरिने बताइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।