पाँच जनालाई सदस्य बनाए जागिर पाइने भन्दै ठगी, एक नाइके पक्राउ

​राजधानीमा नयाँ शैलीको नेटवर्किङ ठगी

काठमाडौं, २१ असोज । काठमाडौंमा नयाँ शैलीको नेटवर्क ठगी देखिएको छ । आकर्षक जागिरको नाममा ठगी गर्ने नयाँ शैली देखा परेको प्रहरीले जनाएको छ ।

ड्रिम डभेलपर्स ट्रेडमार्ट प्रालिको नाममा ठगी गर्ने लोक बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

मगरले दिनेश कोइराला लगायतका व्यक्तिलाई भारतमा पु¥याई तालिम दिइ एक लाखको तलब हुने जागिर दिने भन्दे ठगी गरेका थिए । २० जनाबाट १६ लाख ४० हजार ठगी गरेका थिए ।

पाँच जनालाई कम्पनीमा सदस्य बनाए जागिर पाइने भन्दै उनीहरुले ठगी गरेका थिए । कम्पनीका डाइरेक्टर काजी गुरुङ भएको र उनी फरार रहेको प्रहरीले जनाएको छ । गिरोहका अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।